धनकुटामा चट्याङले आठ जना घाइते
धनकुटा । धनकुटाका बिभिन्न स्थानमा आज बर्षा र हावाहुरीसँगै परेको चट्याङले आठ जना घाइते भएका छन् । चट्याङका कारण खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकामा र चौबिसे गाउँपालिकामा चार/चार जना घाईते भएका हुन ।
चट्याङ लागेर खाल्सा छिन्ताङ सहिदभूमी गाउ‘पालिका–७ का २६ बर्षीय डगेन्द्र राई, २५ बर्षीया मन्दिरा राई र २ बर्षीय अभिषेक राई गम्भीर घाइते भएको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिनुभय...
