चुनावको बिरोध गर्दा आफ्नै हैसियत गुम्छः पोख्रेल (भिडियोसहित)

धनकुटा । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले चुनावबाट कुनैपनि दल भाग्न सक्ने अवस्था नरहेको भन्दै चुनावको बिरोध गर्नेहरुले आफ्नै हैसियत हुमाउँने दावी गरेका छन ।

जिल्ला स्तरीय कार्यकर्ता भेलाका लागि धनकुटा आएका पोख्रेलले शनिवार प्रेस चौतारी नेपाल धनकुटाले गरेको पत्रकार सम्मेलनमा बोल्दै चुनावमा भाग लिएर आफ्नो जनमत देखाउँन चुनाव बिरोधी दलहरुलाई चुनौती पनि दिएका छन ।

मधेसी दलहरुले देखावटी रुपमा चुनावको बिरोध गरेर भित्रभित्रै चुनावको तयारी गरिरहेको उनले बताए । ‘बाहिर देखाउँन चुनावको बिरोध गरे जस्तो गरेर मधेसी दलहरु भित्र भित्रै चुनावको तयारीमा लागेका छन ।’ पोख्रेलले भने ‘भ्रममा नपर्नुभए हुन्छ, यो मधेसी दलहरुले बार्गेनिङ्गका लागि देखाएको द्धय चरित्र मात्र हो ।’

पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव पोख्रेल । तस्वीर- संगालोखबर

अहिले चुनावको बिरोध गरिरहेका दलहरु पनि चुनावमा भाग लिने महासचिव पोख्रेलले बताए । संबिधान कार्यान्वयन गरेर केन्द्रको अधिकार जनतासम्म पुर्याउँन चुनावको बिकल्प नरहेको पोख्रेलको भनाई छ ।

बाह्य ईसारामा संबिधान संशोधनको नाममा नेपालको हित विपरीत चलखेल र सड्यन्त्र भईरहेको भन्दै पोख्रेलले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउँन भाषा संशोधनको कुरा उठाईएको दावी गरे ।

फरक प्रसंगमा महासचिव पोख्रेलले एमाले बिरुद्ध मोर्चाबन्दी गर्नेहरु सक्रिय रहेको भन्दै एमाले यस्तो मोर्चाबन्दीबाट नआत्तिने उल्लेख गरेका छन ।

पत्रकार सम्मेलनमा एमाले महासचिव पोख्रेल । तस्वीर- संगालोखबर

स्वतन्त्र बिद्यार्थी युनियनको चुनावदेखि स्थानीय तहको निर्वाचनसम्म एमालेको बिरुद्धमा मोर्चाबन्दी भएको भन्दै उनले मोर्चाबन्दीबाट एमालेलाई थप संगठित र मजवुत हुन बल पुग्ने जिकिर गरे ।

काठमाण्डौको आरआर क्याम्पसमा एमाले बिद्यार्थी बिरुद्ध भएको गुटबन्दीको उदाहरण दिर्दै महासचिव पोख्रेलले भने ‘अरुको गुटबन्दीका वीच आरआरमा जसरी अखिलले सानदार बिजय प्राप्त गर्यो, अव चुनावमा पनि त्यस्तै अवस्था बन्छ ।’

मधेसी दललाई लक्षित गर्दै महासचिव पोख्रेलले यसो भने, भिडियो हेर्नुहोस..

https://www.youtube.com/watch?v=DOSgA29lsds&t=3s

error: Content is protected !!