- धनुका कटेल/संगालोखबर

धनकुटा । धनकुटाकी एक शिक्षिकाले बहिरा तथा सुस्तश्रवण बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेकी छन । धनकुटा नगरपालिका–५ की मिना राईले धनकुटा नगरपालिका–४ स्थित आफैले अध्यापन गरेको मार्गेश्वरी प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेकी हुन ।

शैक्षिक सामाग्री पाएपछि बहिरा तथा सुस्तश्रवण बिद्यार्थीहरु । तस्वीर : संगालोखबर

सोही बिद्यालयमा २७ बर्षसम्म अध्यापन गराएर अहिले स्वास्थ्य र ब्यस्तताका कारण अवकास लिएकी राईले बिद्यालयका बिद्यार्थीहरुलाई झोला, कपी, पेन्सिल लगायत सामाग्री प्रदान गरेकी हुन ।

Advertisement

उनले एकजना बिद्यार्थीलाई पोसाक खरिदका लागि नगद पनि प्रदान गरेकी छन । सो अवसरमा संबिधान सभाकी सांसद अञ्जना ताम्ली र शिक्षिका राईले बिद्यार्थीहरुलाई सामाग्री प्रदान गरेका थिए । यसैवीच बिद्यालयले शिक्षिका राईलाई सम्मानका साथ विदाई गरेको छ ।

शिक्षिका मिना राईलाई प्रमाणपत्र प्रदान गर्दै बिद्यालय ब्यावस्थापन समिति अध्यक्ष पञ्चलाल राई । तस्वीर-संगालोखबर

लामो समयसम्म अध्यापन गराएकी शिक्षिका राईलाई प्रमाणपत्र, दोसल्ला, माला, अविर लगाएर शिक्षक तथा बिद्यार्थीहरुले बिदाई गरेका हुन । सो बिद्यालयमा १८ जना सुस्तश्रवण तथा बहिरा बिद्यार्थी अध्ययनरत छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!