- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको इटहरीमा काग्रेस सभापति सेरबहादुर देउवालाई शनिवार ३० किलोको माला लगाएर स्वागत गरिएको छ । कांग्रेस सुनसरी क्षेत्र नम्बर २ को क्षेत्रीय भेला उद्घाटनका लागि ईटहरी आएका देउवालाई यसरी स्वागत गरिएको हो ।

स्थानीय जनता माध्यमिक विद्यालयको प्रागंणमा कार्यक्रम भएको थियो । कार्यक्रममा काग्रेस क्षेत्रीय सभापति मणिराम श्रेष्ठ लगायत पदाधिकारीहरुले सभापति देउवालाई सयपत्री फुलको ३० किलोको माला लगाएर स्वागत गरेका हुन ।

३० किलोको माला लगाएपछि सभापति देउवासहितका नेताहरु । तस्वीर-संगालोखबर

यसैवीच भेला उद्घाटन गर्दै कांग्रेस सभापति सेरबहादुर देउवाले मधेसी जनता चुनावमा भोट हाल्न आतुर रहेको बताएका छन । मधेसी दलहरुले चुनावको बिरोध गरेपनि मधेसी जनताले चुनाव चाहेको देउवाको भनाई छ ।

मधेसी दललाई त्यहाका जनताले दवाव दिएर चुनावमा ल्याउँनुपर्ने भन्दै देउवाले मधेसी दलपनि चुनावमा आउँनुको बिकल्प नरहेको बताए । फरक प्रसंगमा सभापति देउवाले एमालेले मधेशी र पहाडे वीचमा मतभेद खडा गराएको आरोप पनि लगाएका छन ।

कार्यक्रममा संबोधन गर्दै सभापति देउवा । तस्वीर-संगालोखबर

मधेशी जनताको भावनाको विरुद्धमा एमालेले राष्ट्रवादको नारा ल्याएर मधेशी पहाडेको वीचमा मतभेद सृजना गरेको उनको भनाई छ ।एमालेले मधेशी र पहाडे भनेकै कारण द्धन्द सृजना भएको भन्दै देउवाले अव यसको समाधान काग्रेसले मात्र गर्न सक्ने दावी गरेका छन ।

कार्यक्रममा काग्रेस नेताहरु विश्वप्रकाश शर्मा, मिन विश्वकर्मा, लिला संग्रौला लगायतले पनि संबोधन गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!