- संगालोखबर सम्वाददाता

भोजपुर । व्यवस्थापन प्रति असन्तुष्टी जनाउँदै रेडियो भोजपुरमा कार्यरत स्टेशन मेनेजरसहित पाँच रेडियोकर्मीले सामुहिक राजिनामा दिएका छन ।

सामुहिक राजिनामा दिने रेडियोकर्मीहरु ।

रेडियोमा कार्यरत एक महिला कर्मचारीको अश्लिल फोटो सार्वजनिक भएर रेडियोमा नै गम्भीर असर पुगेको बिषयमा जानकारी गराउदा पनि व्यवस्थापनले ध्यान नदिएको भन्दै उनीहरुले सामुहिक राजिनामा दिएका हुन ।

सामुहिक राजिनामा पत्र । (सम्बन्धीत ब्याक्तिको नाम गोप्य राखिएको)

राजिनामा दिनेहरुमा स्टेशन म्यानेजर सरस्वती तामाङ्ग, बजार व्यवस्थापक सर्मिला तामाङ्ग, कार्यक्रम प्रस्तोता विरेन्द्र खड्का, प्राविधिकहरु पदम तामाङ्ग र चिन्तन बस्नेत छन् ।

घटनाको जानकारी गराउदा पनि रेडियोका अध्यक्षले वेवस्ता गरेका कारण रेडियोबाट राजिनामा दिनुपरेको राजिनामा पत्रमा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!