- संगालोखबर सम्वाददाता
फाईल तस्वीर- संगालोखबर ।

धनकुटा । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल शुक्रवारसाँझ धनकुटा आईपुगेका छन । शनिवार हुने एमाले धनकुटाको जिल्ला स्तरीय कार्यकर्ता भेलाका लागि पोख्रेल धनकुटा आएका हुन ।

पार्टी कार्यालय सिरवानीमा बिहान ११ बजे हुने जिल्ला स्तरीय कार्यकर्ता भेला एवं पार्टीको बिस्तारित बैठकका लागि महासचिव पोख्रेल धनकुटा आएको एमाले धनकुटाका प्रचार बिभाग प्रमुख नैन बिश्वकर्माले जानकारी दिए ।

कार्यकर्ता भेलामा करिव ३ सय नेता कार्यकर्ता सहभागि हुने एमालेले जनाएको छ । जिल्ला कमिटिका सवै, सल्लाहकार समिति, जिल्लाका सात वटै स्थानीय तहका सचिवालय सदस्यहरु, सवै वडा कमिटिका अध्यक्षहरु भेलामा सहभागिता हुने एमाले धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!