- ध्रुव ढकाल/संगालोखबर

सुनसरी । सेवाग्राहीलाई सहजीकरण गर्दै सुमधुर सम्बन्ध राख्ने उद्धेश्यले सुनसरी जिल्ला अदालतले सुरु गरेको सेवाग्राहीसँगको अन्तरक्रिया कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

जिल्ला अदालतले तिन महिना अघिदेखी यो कार्यक्रम थालेको हो । कार्यक्रम सुरु भएपछि सर्वसाधारणले आफ्नो गुनासो सिधै मुख्य न्याधिस सामक्ष राख्न थालेका छन् । फैसलाको समस्या, अदालतका कर्मचारीले दिने दुःख लगायत बिषयमा सेवाग्राहीले नहिचकिचाई गुनासो राख्न थालेका हुन् ।

Advertisement

न्यायधिस तथा सेवाग्राहीसँग साक्षात्कार कार्यक्रम थालनी गरेसँगै उनीहरुले अदालतसँगको गुनासो पोख्ने क्रम बढेको अधिवक्त रमेश कुमार पोख्रलले वताए । उनका अनुसार सर्वसाधारणमा अदालत भन्ने वित्तिकै एक किसीमको त्रास सृजना हुने र अदालतको सामना गर्न सर्वसाधारण निकै कठिन मान्ने गरेको भएपनि यस कार्यक्रमले धेरै सहजीकरण गरेको छ ।

पहिले सर्वसाधारण अदालत धाउदा र अदालतकै कारणले अन्यायमा पर्दासमेत चुपवस्नु पर्ने वाध्यता रहेपनि अहिले त्यो हटेको अधिवक्ता पोख्रेलको भनाई छ । अदालतले सर्वसाधारणको गुनासो सुन्न थालेपछि उनीहरुको डर न्यूनीकरण हुदै गएको हो । हरेक महिना हुने यो कार्यक्रमबाट अदालत प्रतिको डर हटेकाले कार्यक्रम प्रभावकारी भएको सेवाग्राहीको भनाई छ ।

जिल्ला अदालतका मुख्य न्यायधिसले नै गुनासो सुन्ने यो कार्यक्रममा उल्लेखनीय सर्वसाधारणको उपस्थीती रहने गरेको छ । जिल्लाभरबाट कार्यक्रममा उपस्थित भएका सेवाग्राहीहरुले मुख्य न्यायधिसलाई आफ्नो समस्या पालैपालो प्रस्तुत गर्छन । सेवाग्राहीसँगको अन्तरक्रियाले न्याय सम्पादनमा भएका त्रुटीलाई सच्याउँन सहज हुने मुख्य न्यायधिस अर्जुन कोईरालाले बताए ।

अदालतको नाममा सेवाग्राहीबाट विचौलीयाले अनावश्यक रकम असुल्ने क्रम पनि न्यूनिकरण हुदै जाने मुख्य ध्यायधिस कोईरालाको भनाई छ ।  अदालतमा कर्मचारीले दुःख दिने काम गरेमा तुरुन्त उजुरी गर्न पनि जिल्ला अदालतले सेवाग्राहीलाई आग्रह गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!