- देबराज राई/संगालोखबर

उदयपुर । बनमाहुरीको टोकाईबाट उदयपुरमा चारजना घाइते भएका छन् । घर नजिकै रहेको माहुरीको गोलोमा चिलले आक्रमण गरेपछि बिच्किएका माहुरीले टोक्दा ६२ वर्षीय एक बृद्व सहित चारजना घाइते भएका हुन् ।

Advertisement

माहुरीको टोकाईबाट त्रियुगा नगरपालिका गैरुनकी १८ वर्षीया मिना पौडेल, २३ वर्षकी सावित्रा पौडेल र शंकर पौडेल घाईते भएका छन । नाम नखुलेको सोही ठाउँका ६२ वर्षीया बृद्ध पनि माहुरीको टोकाईबाट गंभीर घाईते भएका छन ।

माहुरीले टोक्न थालेपछि मिना र सावित्रा शंकर पौडेलको घरभित्र छिरेपनि लखट्दै आएको माहुँरीले घरभित्र रहेका शंकरलाई पनि टोकेर घाइते बनाएको हो ।

६२ वर्षीया बृद्वाभने घरभित्र पस्न नसकेपछि धेरै माहुरीको टोकाईबाट गंभीर घाईते भएका हुन । उनको अवस्था चिन्ताजनक छ । घाईतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!