इटहरी । इटहरीस्थित उद्याेग बाणिज्य संघकाे भवनमा एक महिलाले हातमा माइक समातेर चर्किदै बाेलिन रातिराति रक्सी खाएर बाटाेमा जथाभावि बाेल्दै हिड्ने त्यस्ता छाडाहरूलार्इ खै कार्वाही , ति महिलाकाे कुरा सकिन नपाउदै एक ब्यापारीले जंगिदै भने दिउसै सटर बन्द गर्न अल्टिमेटम अाउछ गुनासाे लिएर गयाे प्रहरी सुन्न मान्दैन , त्यस्तै अर्का स्थानीय भन्छन अाज भाेली गाउ गाउमा भित्ती र टयापे बढ्न थाले इटहरी अाजभाेली कुन्डले मुन्डलेहरूकाे सहर जस्ताे भइसक्याे यस्तालार्इ खै नियन्त्रण गरेकाे ?

Advertisement

यस्ता यस्ता प्रश्नकाे चाङ सर्वसाधरणले प्रस्तुत गरिरहदा ड्यासमा अासन बिशिस्ट ब्याक्तीत्वहरू एक अापसमा काने खुसी गरिरहेका देखिन्थे । अघाडी नै रहेका इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी नरेसराज शुवेदी इटहरी बासी तथा सर्वसाधरणले साेधेकाे प्रश्नकाे उत्तर फर्काउन तमतयार रहेका थिए ।

बिहीबार इटहरीस्थित उद्याेग बाणिज्य संघ इटहरीकाे भवनमा अायाेजित एक अन्तरक्रियाकार्यक्रममा यस्तै झलकहरू देखीएकाे थियाे । सामुदायिक प्रहरी केन्द्र र इलाका प्रहरी कार्यालय इटहरीकाे अायाेजनामा भएकाे अन्तरकृया कार्यक्रममा इटहरीवासीहरूले यस्तै यस्तै प्रश्नहरू तेर्स्याएका थिए । सर्वसाधरणहरूले पछिल्लाे समय इटहरी क्षेत्रमा गुण्डागर्दी बढेकाे र त्यस्लार्इ नियन्त्रण गर्न प्रहरी असक्षम देखिन थालेकाे अाैल्याएका थिए ।

केही ब्यापारी ब्यवसायीहरूले दिउसै चन्दा अातंक बढेकाे र प्रहरीकहाँ गुनासाे लिएर जादा हतपत नसुन्ने र सुनेपनि अासवासनमात्रै पाउने गरेकाे बताएका थिए । कार्यक्रममा उपस्थित अधिकांस सर्वसाधरणहरूले पछिल्लाे समय इटहरी क्षेत्रकाे शान्ति शुरक्षा बिगतकाे भन्दा खराब भइसकेकाे जसलार्इ नियन्त्रण गर्न अति अावस्यक बनेकाे तर प्रहरीकाे कार्यशैली चित्त बुझ्दाे नभएकाे टिप्पणी गरीएकाे थियाे ।

रेडक्रस उपशाखा इटहरीका अध्यक्ष बिमल पाैडेलले इटहरी क्षेत्रमा सिटि सफारी ज्यादती बढेकाे , ट्राफिक प्रहरीहरूले अन्य सवारीसाधनहरूलार्इ सरह सफारीलाृइ पनि मापसे चेकिङ अनिवार्य गर्नुपर्ने अाैल्याएका थिए । त्यस्तै इटहरीका कम्प्युटर ब्यवसायी ठाकुर श्रेक्षठले पछिल्लाे समय इटहरी क्षेत्रमा अनावस्यक ध्वनी प्रदुषण बढेका तर नियन्त्रण गर्ने सम्बन्धित निकायहरू भने माैन बनेकाे अाैल्याएका थिए ।

इटहरीकै ब्यवसायी मेनुका पाैडेलले इटहरीमा ब्यापारीहरूले शुरूक्षित बाताबरणमा गरिखान नपाउने समय अाएकाे अनुभव गरेकाे सुनाएकिथिइन दिउसै सटर बन्द गराउने धम्की देखि चन्दा अातंक सम्मकाे घटना इटहरीमा हुने गरेकाेमा प्रहरी प्रसाशनलार्इ त्यस क्षेत्रमा पनि ध्यान दिन अनुराेध गरिन । त्यस्तै इटहरीका फडिन्द्र कार्कीले प्रहरीले टाेलटाेलमा रात्री गस्ती गर्न छाडेकाे कारण राती भित्ती र ट्यापेहरूकाे दादागिरी बढेकाे अाैल्याए । केही सर्वसाधरणले नागरिकता बनाउन जादा प्रशासनकाे गेटैमा हुने गरेकाे दलाली अन्त्य हुनुपर्ने , जनताले सरकारी कार्यालयहरूबाट पाउने सेवा सुविधामा भ्रस्ट कर्मचारीहरूका कारण दिनहु सास्ती खेप्नु परिरहेकाे जस्ता समस्याहरू अाैल्याएका थिए ।

धेरैले सम्झिए डिएसपी शर्मालार्इ 

यता पछाडी रहेका सर्वसाधरणहरूले भने पुराना डिएसपी बिनाेद कुमार शर्माकाे बारेमा ब्यापक चर्चा गरिरहेका भेटिए । केहिले डिएसपी शर्माले जस्ताे काम इटहरीमा कुनै डिएसपी अाएपनि गर्न नसक्ने दाबी समेत गरेकाे देखियाे । इटहरीकाे हाेटलहरूमा हुने बेस्याबृती निर्मुल पार्नेदेखी लिएर गुण्डा गर्दी अन्त्य , सामाजिक कार्यमा संलग्न लगायत इटहरी क्षेत्रलार्इ सुधार्न डिएसपी बिनाेद कुमार शर्माकाे ठुलाे याेग्दान रहेकाे कार्यक्रममा सर्वसाधरणले  खुलेरै प्रशंसा गर्न भ्याएका थिए ।

शान्ति शुरक्षामा प्रहरी तत्पर छ – सिडिअाे पराजुली

सर्वसाधरणकाे गुनासाे सुनिसकेपछि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी नरेसराज सुवेदीले इटहरीकाे शान्ति शुरक्षामा प्रहरी २४ सै घण्टा तैनाथ रहेकाे बताए ।अाफुले नेतृत्व समहालेपछि इटहरीमा केहि मात्रामा सुधारका कार्यहरू भएकाे र अझै निरन्तर रहेकाे डिएसपी शुवेदीले बताए । सर्वसाधरणले भने जस्ताे इटहरी प्रहरीले जनताकाे गुनासाे हरपल सुन्ने गरेकाे त्यसकाे २४ घण्टाभित्रै कार्यानवयनपनि गरेका दर्जनाै उदहारण प्रहरी कहा प्रमाणकाे रूपमा रहेकाे डिएसपी सुवेदीले बताए ।

त्यस्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी गाेपाल पराजुलीले सिटिसफारि समस्या इटहरीमा मात्र नभर्इ पूर्वाञ्चल क्षेत्रमै रहेकाे अाैल्याउदै चाडै त्यसलार्इ कानुनी दायरामा ल्याइने अासवासन दिएका छन । प्रमुख जिल्ला अधिकारी पराजुलीले सरकारी कार्यालयहरूमा हुने ढिला सुस्तिकाे बिषयमा सेवाग्राहीहरूले सम्बन्धित ठाउमा गएर गुनासाे गरे कार्वाही अवस्य हुने समेत बताए । कार्यक्रममा इटहरी उद्याेग बाणिज्य संघका अध्यक्ष लिलम बस्नेत सहित जिल्लाका बिशिस्ट ब्याक्ती , समाजसेवी प्रहरी अधिकृतहरूकाे पनि उपस्थिती रहेकाे थियाे ।-पुर्वेली न्यूज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!