वाईराज विष्ट/संगालोखबर

भोजपुर । भोजपुरमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओेवादी बीच एकता भएको छ । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा विहीवार जनआन्दोलन दिवसको अवसर पारेर दुई पार्टी एक भएको घोषणा गरिएको हो ।

एकता घोषणा कार्यक्रममा दुवै पार्टीका संयोजकले कम्युनिष्ट आन्दोलनलाई ऐतिहासिक कोसेढुंगा सावित गराउँन एकता गरिएको बताएका छन ।

Advertisement

सो अवसरमा नेकपा क्रान्तिकारी माओवादीका सेक्रेटरी डिल्लीराम अधिकारीले क्रान्तिकारीमा निराशा, पलायन प्रवृती हावि हुन खोजेको र पार्टी अनिर्णयको बन्दी वन्न खोजेकाले क्रान्तिकारी माओवादी छाडेर एकता गरिएको वताएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक बिमल खड्काले माओवादी शुरुबाट नै एउटै विचार लिएर अगाडी बढेको पार्टी पछिल्लो समय व्यक्तिगत विचारको आधारमा फुट्दा जनतामा निराशा छाएकाले एकता गर्नुपरेको बताए ।

जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रम गरि पाँच बदे सहमतिका आधारमा एकता गरिएको हो । पार्टीका इन्चार्ज एंव पोलिटव्यूरो सदस्य सुधन किरातीले जिल्लाको माओवादी एकताले केन्द्रमा पनि सकारात्मक सन्देश दिन सफल भएको प्रतिक्रिया दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!