धनुका कटेल/संगालोखबर

धनकुटा। संघीय समाजवादी फोरम धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट पुनः बलबहादुर राई अध्यक्ष बनेका छन । धनकुटाको सामुदायिक भवनमा शुक्रवार बिहान सम्पन्न बन्दसत्रबाट राईको नेतृत्वमा नयाँ समिति चयन भएको हो । यसअघिको तदर्थ समितिको अध्यक्ष पनि उनी नै थिए ।

बन्दसत्रमा संबोधन गर्दै अध्यक्ष बलबहादुर राई । तस्वीर सौजन्य- शर्मिला राई

बन्दसत्रले ४१ सदस्य छानेको छ । बिहिवार रातभर भएको बन्दसत्रमा पार्टीका केन्द्रिय उपाध्यक्ष रकम चेम्जोङ्ग लगायत नेताहरु पनि सहभागि थिए । पार्टीको बिधान अनुसार प्रथम बैठकबाट थप पदाधिकारी चयन हुने बताईएको छ ।

Advertisement

बन्दसत्रले अध्यक्ष छानेपछि प्रथम बैठकबाट उपाध्यक्ष, सचिव, उप–सचिव र कोषाध्यक्षको टुंगो लगाईने छ ।

बन्दसत्रमा सहभागिहरु । तस्वीर सौजन्य- शर्मिला राई

अहिले ३९ सदस्यीय कार्यसमिति निर्माण भएपनि पुनः सदस्य थप गरेर ५१ सदस्यीय कार्यसमिति निर्माण गर्ने बताईएको छ । संघीय समाजवादी फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले बिहिवार अधिवेशन उद्घाटन गरेका थिए ।

सम्बन्धित यो समाचार पनि हेर्नुहोस्..

संबिधान संशोधन नभए अर्कै संबिधान घोषणा गर्ने यादवको चेतावनी (भिडियोसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!