- वाइआर विष्ट/संगालोखबर

भोजपुर । भोजपुर–घोडेटार सडक खण्डमा शुक्रवार देखि बस सञ्चालन हुने भएको छ । पटक–पटकको सर्वपक्षिय पहल पछि हतुवागढि गाउँपालिकाको केन्द्र घोडेटार बजारसम्मको ४५ किलोमिटर दुरीमा बस सञ्चालन हुन लागेको हो ।

जिल्ला समन्वय समितिले वस सेवा सञ्चालनका लागि व्यावसायीलाई पत्राचार गरेको र पत्रचार पछि संघले चैत्र १८ देखि वस सञ्चालन गर्ने जानकारी गराएको स्थानीय विकास अधिकारी सिता परियारले जानकारी दिईन् । बस सञ्चालन भएपछि दक्षिणी क्षेत्रका तीन वटा गाउँपालिकाबासी लाभान्वित हुनेछन ।

Advertisement

सिधा यातायात सेवा पाउँने भएपछि हतुवागढि, आम्चोक र रामप्रसाद राई गाउँपालिकाबासी हर्षित छन ।

वस सञ्चालन नहुँदा सो क्षेत्रका बासीन्दाले महंगो शुल्कमा ट्याक्सी चढ्नुपर्ने बाध्यता थियो । तरपनि ट्याक्सीले नियमित सेवा नदिदा सर्वसाधरण सास्ती झेल्न बाध्य थिए ।

जिल्ला समन्वय समिति, हतुवागढि गाउँपालिका र वस व्यावसायीको संयुक्त लगानीमा सडक मर्मत गरिएपछि यातायात सञ्चालनमा सहज भएको हो । सडक मर्मतमा करिब १५ लाख खर्च भएको छ ।

ग्रामिण सडक पुर्वाधार विकास कार्यक्रम (एसएनआरटिपि) ले १२ किलोमिटर सडक स्तरउन्नती गरिरहेको छ । भोजपुर–घोडेटार सडक मर्मत पछि दैनिक एउटा वस सञ्चालन हुने संयुक्त वस व्यावसायी संघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!