- संगालोखबर सम्वाददाता
आगलागीको नमुना तस्वीर

झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित एक फर्निचर उद्योगमा आइतबार आगलागी भएको छ । स्थानीय देबेन्द्र बस्नेतले सञ्चालन गरेको उद्योगमा बिहान करिव ३ बजे बिधुत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट १ लाख २५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोली, सशस्त्र प्रहरी, नेपाली सेना, विर्तामोड र भद्रपुरको दमकल तथा स्थानीयबासीले करिव २ घण्टापछी आगो नियन्त्रणमा लिएका छन ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!