संगालोखबर सम्वाददाता

धनकुटा । शसस्त्र प्रहरीको राष्ट्रिय भलिवल टिम (एपिएफ) ले धनकुटाको हिलेमा सञ्चालित १२ औं रामनवमी भलिवल प्रतियोगिताको उपाधी हात पारेको छ ।

बुधवार भएको फाईनल खेलमा न्यु शिखर सुज इटहरी भलिवल क्लवलाई पराजित गर्दै एपिएफले उपाधी जितेको हो । एपिएफले २५–२३, २५–२२ र १८–१६ को सोझो सेटमा न्यू शिखर सुजलाई पराजित गरेको हो ।

Advertisement

उपाधीसँगै एपिएफले ७५ हजारसहित ट्रफि हात पारेको छ । उप–विजेता न्यू शिखरले ४० हजार र ट्रफी पाएको छ ।

प्रतियोगितामा म्यान अफ दी म्याच शसस्त्रका धर्म चौधरी घोषित भए । वेष्ट स्पाईकर न्यू शिखर सुज इटहरी भलिवल क्लवका दिवश लिम्वु र वेष्ट लिवरो एपिएफका हिरालाल योञ्जन तामाङ भएका छन् । त्यसैगरी वेष्ट लिफ्टरमा शसस्त्रका जीवन चौधरी घोषित भएका छन् ।

उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, समाजसेवी चिन्तन तामाङ, आयोजक संस्थाका संयोजक गौरव कार्की, आदिवासी जनजाति महासंघका अध्यक्ष संजयसन्तोषी राई लगायतले खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

रामनवमीको अवसर पारेर जनचेतना सार्वजनिक पुस्तकालय र सृजनशिल साँस्कृतिक समुह हिलेले प्रतियोगिता आयोजना गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!