- रबिन कटेल/संगालोखबर

धनकुटा । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संबिधान संशोधन नगरी जवरजस्त लाद्न खोजिए अर्कै संबिधान घोषणा हुने चेतावनी दिएका छन ।

धनकुटामा बिहिवार संघीय समाजवादी फोरमको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै यादवले संबिधान संशोधन नगरिए मुलुकमा जनबिद्रोह भएर अर्कै संबिधान घोषणा हुने बताएका हुन ।

Advertisement

अहिलेको संबिधानले आदिवासी, जनताति, मधेसी लगायत क्षेत्रलाई उपेक्षा गरेर अधिकार कुंठित गरेको भन्दै यादवले यस्तो संबिधान संशोधन नभएसम्म अमान्य हुने बताए । मुलुकको दुई तिहाई भन्दा बढी जनताले यो संबिधान अस्वीकार गरेको दावी गर्दै यादवले जनताले नै अस्वीकार गरेको संबिधान जवरजस्त लाद्न खोज्नु दुर्भाग्य हुने जिकिर गरे ।

‘आदिवासी, जनजाति, मधेसी, दलित लगायत समुदायमाथी यो संबिधानले बिभेद गरेको छ, यी समुदायले यो संबिधान मान्दैन ।’ यादवले भने ‘जनताले नै अस्वीकार गरेको संबिधान जवरजस्त लागु गर्न खोज्दा मुलुकमा जनबिद्रोह हुन्छ र जनबिद्रोहले यो संबिधान खारेज गरेर अर्कै संबिधान बनाउँछ ।’

कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष यादव । तस्वीर: रबिन कटेल/संगालोखबर

संशोधन नगरी संबिधान कार्यान्वयन हुने संभावना नरहेकाले अव संबिधान संशोधनको बिकल्प नरहेको उनको भनाई छ । संबिधान संशोधन नगरी गरिने चुनावको पनि कुनै औचित्य नहुने भन्दै यादवले संबिधान संशोधन गरेर जनतालाई अधिकार सम्पन्न बनाएर चुनाव गर्नुपर्ने धारणा राखे ।

मधेसी दलहरुले चुनावको बिरोध नगरेको दावी गर्दै यादवले गलत तरिकाबाट गर्न खोजिएको चुनावको प्रकृयाप्रति असन्तुष्टि मात्र जनाएको उल्लेख गरेका छन । केन्द्रिय सरकारले चुनाव गर्न लागेकाले यो गलत भएको भन्दै यादवले स्थानीय चुनाव प्रदेश सरकारले गर्नुपर्ने बताए ।

तराईको एउटै गाउँपालिकामा ७० हजारसम्म जनसंख्या रहेको भन्दै यादवले अहिले घोषणा गरिएको स्थानीय तह जनतालाई असहज भएको टिप्पणी पनि गरेका छन ।

यसो भने यादवले, भिडियो हेर्नुहोस…

 सम्बन्धित यो समाचार पनि हेर्नुहोस्.. 

संघीय समाजवादी फोरम धनकुटाको बन्दसत्र सकियो, अध्यक्षमा पुनः राई 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!