- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आगामी मंगलबार देखि तेस्रो छथर साँस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ । महोत्सव आयोजक समितिले बिहिबार धनकुटामा पत्रकार सम्मेलन गरी चैत २९ देखि ३१ गतेसम्म तीन दिने महोत्सव आयोजना गरिएको जानकारी दिएको हो ।

‘कृषिमा दाम, संस्कृतिमा नाम, पर्यटन प्रवद्र्धन, यहि हो छथरको पहिचान’ भन्ने नाराका साथ साविकको परेवादिन गाबिस–९ र हालको छथर जोरपाटी गाउँपालिका–५ स्थित चिम्लिङ्ग ताम्लिङ्ग यकमा महोत्सव गर्न लागिएको महोत्सव ब्यावस्थापन समिति संयोजक धर्मराज थोक्लेनले जानकारी दिए ।

Advertisement
पत्रकार सम्मेलन गरी महोत्सवको बिषयमा जानकारी गराईदै । तस्वीर-संगालोखबर

उनका अनुसार छथर क्षेत्रको ऐतिहासिक स्थलहरुको संरक्षण, सम्बद्र्धन गर्ने र पहिचान बचाउँने तथा त्यस क्षेत्रको कला, सस्कृति, कृषि, ब्यापार, पर्यटन लगायतको बिकासमा टेवा पुर्याउँने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवमा बिभिन्न जातजातिका साँस्कृतिक झाँकी प्रदर्शन र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने छ ।

महोत्सव कै अवसर पारेर प्रथम पिताम्वर थोक्लेन आमन्त्रित कप फुटबल प्रतियोगिता पनि सञ्चालन गरिने आयोजक समिति सदस्य सिताराम लिम्बुले जानकारी दिए । छथर क्षेत्रमा पर्ने तेह्रथुमको ताक्लुङ्ग र पञ्चकन्यामा यसअघि उक्त महोत्सव आयोजना गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!