वाईराज बिष्ट/संगालोखबर

भोजपुर । टयाम्केमैयुङ्ग गाउपालिका वडा नं ६ को कार्यालय भवन निर्माणका लागि स्थानीयले ५ रोपनी ८ आना जग्गा निःशुल्क उपलब्ध गराएका छन । स्थानीय रत्न वहादुर श्रेष्ठले ३ रोपनी, राजकुमार श्रेष्ठले २ रोपनी र नवराज चर्मकारले ८ आना जग्गा निःशुल्क प्रदान गरेका हुन ।

उनीहरुले १२ लाख मुल्य वरावरको जग्गा निशुल्क दिएका हुन् । स्थानीयको भेलाले गाउपालिकाको भवन गुठामा बनाउने निर्णय गरेको छ ।

Advertisement
निःशुल्क जग्गा पाएपछि सामुहिक तस्वीर खिचाईदै । तस्वीर-संगालोखबर

सविकको कोट गाविसको वडा नं ५,७,८ र ९ का मानिसलाई सहज हुने गरि उक्त ठाउ छानिएको वडा सचिव श्रीराम पण्डितले जानकारी दिए । जग्गा दाताहरुलाई सोही कार्यक्रममा भव्य सम्मान गरिएको छ ।

भोजपुरमा नयाँ संरचना कार्यान्वयन भएपछि वडाको संंरचना विस्तारका लागि पहिलो पटक स्थानीयले निःशुल्क जग्गा प्रदान गरेका हुन ।

वडा भवनका लागि जग्गा दिने दाताहरु । तस्वीर-संगालोखबर

जग्गादाताले सो जग्गा वडाको नाममा ३५ दिन भित्र पास गर्ने प्रतिवद्धता जनाएका छन् । भवन नहुँदा स्थानीय रत्न वहादुर श्रेष्ठको घरबाट कार्यालय सञ्चालन भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!