- रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटामा चट्याङ लागेर शनिवार दुई जनाको मृत्यु भएको छ । साँघुरीगढी गाउँपालिका–१० की २४ बर्षीया कृष्णा राई र खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिका–१ की ३६ बर्षीया छत्र कुमारी राईको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो करिव ३ बजे चट्याङ परेको हो । दिउँसो जिल्ला सदरमुकामसहित बिभिन्न स्थानमा चट्याङ परेको थियो । धनकुटाको चुलिबन स्थित निजामति आवासीय बिद्यालय निजिक रुखमा चट्याङ पर्दा सो क्षेत्रका अधिकांस घरका बिधुतिय सामाग्री जलेका छन ।

Advertisement

‘आकास गड्याङ्गगुडुङ्ग गरेर पानी पर्न थाल्दै थियो ।’ स्थानीय निजामति बिद्यालयका प्रधानाध्यापक सुरेश काफ्लेले भने ‘त्यत्तीकैमा एक्कासी आकासबाट आगोको मुस्लो जस्तो आएर स्कुल छेउको सल्लाको रुखमा खस्यो अनि रुखको फेदमा आगो दन्कियो ।’

चट्याङले सल्लाको रुखको बोक्रा ताछिएको छ । रुखको फेद नजिकै चट्याङका कारण आगो बलेको हो । आसपास क्षेत्रका तारहरु पनि जलेर भुईमा खसेका छन । चट्याङका कारण चुलिबन स्थित मगरटोलका अधिकांस घरका बिधुतीय सामाग्री जलेको स्थानीय रबिन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार अधिकांस घरमा टेलिभिजन, बत्ति, चार्जर, नेटको राउटर लगायत जलेका छन । निजामति स्कुल बिदा भएकाले बिद्यार्थीहरु भने चट्याङबाट जोगिएका छन ।

चट्याङका कारण धनकुटामा दिनभर बिधुत अवरुद्ध भयो । बिभिन्न स्थानमा बिग्रिएको बिधुतलाईन मर्मत गरी साँझबाट सुचारु गरिएको बिधुत प्राधिकरण धनकुटा शाखाले जनाएको छ । चट्याङका कारण टेलिफोन लाईनमा पनि समस्या देखिएको छ ।

सम्बन्धित यो समाचार पनि हेर्नुहोस्…

धनकुटामा यसरी पर्यो चट्याङ (फोटो फिचरसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!