- संगालोखबर सम्वाददाता
नमुना तस्वीर।

धनकुटा । धनकुटाको छथर गाउँपालिका–२ जोरपाटीमा गएराति खुकुरी प्रहारबाट एक जना घाईते भएका छन् । सुन लेनदेनको बिषयमा विबाद हुँदा स्थानीय ४५ बर्षिय खगेन्द्र भुजेलले ३२ बर्षिय बुद्धीमान रानामगरलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाईते भएका मगरलाई उपचारका लागी धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको धनकुटाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनका अनुसार छोराहरुवीच सुन लेनदेनको बिषयमा बिवाद हुँदा वावुले खुकुरी प्रहार गरेका हुन । खुकुरीले लागेर मगरको टाउको, कान र हातमा चोट लागेको श्रेष्ठले बताए ।

खुकुरी प्रहार गर्ने भुजेललाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । घटनास्थलबाट प्रहरीले खुकुरी बरामद गरेको छ । घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!