- संगालोखबर सम्वाददाता
नमुना तस्वीर

धनकुटा । अरुण नदीमा पौडी खेल्ने क्रममा मंगलवार धनकुटाको लेगुवाका एक बालकको डुवेर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–५ लेगुवा स्थित अरुण नदीमा डुवेर स्थानीय १२ बर्षिय ईश्वर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अपरान्ह साथीहरुसँग नदीमा पौडी खेल्न गएका उनी पौडी खेल्दै गर्दा डुवेर बेपत्ता भएका थिए ।

Advertisement

सँगै गएका साथीहरुले उनी बेपत्ता भएको खवर गरेपछि खोज्ने क्रममा अपरान्ह करिव ४ बजे नदीमा सव फेला परेको लेगुवा प्रहरी चौकीका हवल्दार जमबहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार मृतकको सवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!