बंगलादेशलाई हराउँदै नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि
काठमाडौं । बंगलादेशलाई पराजित गर्दै नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । काठमाडौंको दशरथ रंगशालामा आज भएको फाइनल खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको हो ।
जितसँगै नेपाली फुटबल इतिहासमा अर्को सफलता थपिएको छ । नेपालले आफ्नो भूमिमा जितेको यो फुटबलको दोस्रो उपाधि हो । नेपालले यसअघि सन् १९८४ मा दक्षिण एसियाली खेलकुदको पुरुषतर्फ स्वर्ण जितेको थियो ।...





























