सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ स्थित घंघरुमा सञ्चालित चौथो प्रकाश थापा स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । फाइनल खेलमा झापाको दमक नगरपालिकालाई पराजित गर्दै षडानन्दले उपाधि जितेको हो ।

Advertisement

षडानन्दले दमकलाई २५-२२, २५-१५ र २५-२२ को सेटमा पराजित गर्यो । उपाधिसँगै षडानन्दले नगद १ लाख २१ हजार १ सय २१ रुपैयाँ हात पारेको छ भने उपविजेता दमक नगरपालिकाले ६५ हजारमा चित्त बुझाएको छ । षडानन्दका बालकुमार रायमाझीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएर १० हजार नगद पुरस्कार पाएका छन् ।

विजेता टिम तथा खेलाडीलाई कोशी प्रदेशका आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले पुरस्कृत गरिन् ।

प्रतियोगितामा कोशी प्रदेशका नौ पालिकाका टिमबीच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो ।

कालिकोटमा २०५७ सालमा तत्कालीन माओवादीसँग भएको भिडन्तमा परी प्रहरी नायब निरीक्षक प्रकाश थापाको मृत्यु भएको थियो । उनकै सम्झनामा ०७६ सालमा ट्रस्ट स्थापना गरेर भलिबल प्रतियोगिता सञ्चालन गरिदै आएको ट्रष्टका सचिव अर्जुन थापाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!