- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा बैशाख २२ गतेदेखि रारा गोल्डकप हुने भएको छ । आयोजक रारा फुटबल क्लबले राजारानीमा पत्रकार सम्मेलन गरेर बैशाख २२ देखि २८ गतेसम्म गोल्डकप सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता हुनेछ । २०५८ सालबाट सञ्चालन गर्न थालिएको प्रतियोगिताको यो १० औं संस्करण हो । ऐतिहासिक चण्डी पूर्णिमा मेलाको अवसर पारेर प्रतियोगिता गर्न लागिएको आयोजक रारा फुटबल क्लबका अध्यक्ष मणी चेम्जोङले जानकारी दिए ।

चौबिसे गाउँपालिकाको महत्वपूर्ण प्रतियोगिता भएकाले रारा गोल्डकपलाई गाउँपालिकाले पनि प्राथमिकतामा राखेर सहयोग गर्ने गरेको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ्गले बताए ।

प्रतियोगितामा ८ टिम सहभागि हुनेछन् । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार पाउने छन् । त्यस्तै, उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!