सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा सञ्चालित दीपावली खुल्ला टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि धरान क्रिकेट क्लबले जितेको छ । तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा एकता क्रिकेट क्लब धनकुटालाई ७० रनले हराउँदै धरान क्रिकेट क्लबले उपाधि हात पारेको हो ।

Advertisement

पहिले ब्याटिङ गरेको धरानले पुरै २० ओभर खेल्दै धनकुटालाई १ सय ९९ रनको लक्ष्य दिएको थियो । जवाफमा धनकुटाले १६ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय २९ रन मात्र बनायो ।

धनकुटालाई सस्तैमा समेट्न धरानका रोशन पुरी र योगेन आरडिले ३/३, आलम शेखले २ तथा रोशन शाह र सुमिन शाहले १/१ विकेट लिए । यस्तै धनकुटाका सन्तोष थापाले ३, सुवास अधिकारी र त्रिजन राईले २/२ तथा उत्सव उदास र रोशन श्रेष्ठले १/१ विकेट लिए ।

विजेता टिमले १५ हजार तथा उपविजेता टिमले ८ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।

धनकुटा क्रिकेट संघ तदर्थ समितिको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा धनकुटा, संखुवासभा र सुनसरीका पाँच टोलिबीच खेल भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement