रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवासमा आगामी माघ १ गतेबाट पाँचौ चौबिसे महिला तथा पुरुष रनिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । मुढेवासस्थित त्रिवेणी क्लबको व्यवस्थापनमा चौबिसे गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

आयोजकले आज कार्यक्रम गरेर चार दिनसम्म हुने खेलको तालिका सार्वजनिक गरेको छ । स्थानीय त्रिवेणी खेल मैदानमा हुने प्रतियोगितामा आठ वडाका पुरुष र महिलाका आठ/आठ टिमबीच प्रतिष्पर्धा हुनेछ ।

पुरुषतर्फको प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३५ हजार नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै महिलातर्फको खेलको विजेताले ३५ हजार नगद र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने खेलकुद विकास समिति संयोजक धनबहादुर लिम्बूले जानकारी दिए ।

कार्यक्रममा बोल्दै चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले पालिकामा खेल पर्यटनको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए । खेलकुद क्षेत्रको विकास गर्न पालिकाले सक्दो प्रयास गरिरहेको भन्दै अध्यक्ष लिम्बूले यसलाई निरन्तरता दिइने धारणा राखेका छन् । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement