संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२ मुढेवासमा आयोजित पाँचौ चौबिसे महिला तथा पुरुष रनिङ कप फुटबल प्रतियोगितामा पुरुषतर्फ चौबिसे वडा नं.६ र महिलातर्फ चौबिसे वडा नं.२ ले उपाधि जितेको छ ।

Advertisement

पुरुषतर्फको खेलमा चौबिसे वडा नं.१ लाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै चौबिसे वडा नं.६ ले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा विश्वकुमार लिम्बू, क्रिसव चेम्जोङ, प्रतीक थापा मगर र निर्मल सन्देशले गोल गर्दै टिमलाई विजयी गराए । जितसँगै चौबिसे-६ ले ६५ हजार नगदसहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता चौबिसे-१ ले नगद ३५ हजारमा चित्त बुझाएको छ ।

त्यस्तै, महिलातर्फको खेलमा चौबिसे वडा नं. ५ लाई ३-१ गोल अन्तरले हराउँदै चौबिसे वडा नं.२ ले उपाधि चुमेको हो । जितका लागि सुस्मिता मगर, पुजा मगर र अस्मिता मगरले समान एक/एक गोल गरे । जितसँगै चौबिसे–२ को महिला टोलीले नगद ३५ हजारसहित रनिङ शिल्ड, मेडल र प्रमाण-पत्र हात पारेको छ भने उपविजेता चौबिसे-५ ले नगद २५ हजार पाएको छ ।

विजेता टिम तथा खेलाडीहरूलाई कोशी प्रदेशका पूर्व राज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राई, चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, उपाध्यक्ष टंकमाया पाङ्गमी मगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत शोभितकुमार तुम्बा, खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर मगर लगायतले पुरस्कार प्रदान गरेका छन् ।

मुढेवासस्थित त्रिवेणी क्लबको व्यवस्थापनमा चौबिसे गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । पुरुष र महिलातर्फको दुवै प्रतियोगितामा चौबिसे गाउँपालिकाका आठ वटै वडाका एक/एक टिम सहभागि भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!