संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा आयोजना गर्न लागिएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण केही दिन पछि सारिएको छ । खेलमैदान मर्मत संहारका लागि समय लागेको कारण देखाउँदै आयोजकले प्रतियोगिता निर्धारित मितिभन्दा १० दिन पछि सार्ने निर्णय गरेको हो ।

Advertisement

सोमबार बसेको आयोजक समितिको बैठकले बैशाख २७ गतेदेखि जेठ २ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको प्रचारप्रचार समिति संयोजक विदुर खवासले जानकारी दिए । यसअघि आयोजक समितिको बैठकले बैशाख १७ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा ए डिभिजन क्लबसहित आठ टिम सहभागि हुने बताइएको छ ।

२०६३ सालबाट भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्न थालिएको हो । ०६३ सालयता बर्सेनी गोल्डकप सञ्चालन भइरहेपनि २०७६ यता प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । कोरोना महामारीका कारण स्थगन भएको बताइएको प्रतियोगिता तीन वर्षपछि पुनः सञ्चालन गर्न लागिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!