- संगालोखबर सम्वाददाता

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

Advertisement

विराटनगरको सहिद रङ्गशालामा आइतबार राति भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ४-० गोल अन्तरले पराजित गर्दै पुलिस क्लब फाइनल पुगेको हो । पुलिसका सरम बोहरा, महेश धामी, सागर आचार्य, भरत खत्रीले समान १-१ गोल गर्दै टोलीका लागि जित निकालेका थिए । खेलको म्यान अफ द म्याच पुलिसका महेश धामी भए ।

यस अघिको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा पुगिसकेको छ । फाइनल पुगेका दुवै टिम उपाधिका लागि आज राति खेल्दैछन् ।

प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुसिल, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको टिम सहभागि छन् । प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!