एनआरटीलाई हराउँदै मनाङ मर्स्याङदी सेमिफाइनलमा
झापा । रमपम झापा गोल्डकपमा न्यूरोड टिम (एनआरटी)लाई फराकिलो अन्तरले हराउँदै मनाङ मर्स्याङदी क्लबले सेमिफाइनल यात्रा तय गरेको छ । बिहीबार भएको खेलमा उसले एनआरटीलाई ४-० को फराकिलो अन्तरले हरायो ।
योसँगै अब मनाङले सेमिफाइनलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्ने भएको छ । खेलको सुरुआतदेखि नै मनाङले एनआरटीलाई दबावमा राखेको थियो । ६ जना राष्ट्रिय खेलाडीहरुसहित मैदान उत्रिएको मनाङ सामु...
