रबिन कटेल/संगालोखबर

धनकुटा । हिले फुटबल क्लबले धनकुटाको सहिदभूमि गाउँपालिका–२ पातालडाँडामा आयोजित प्रथम अन्डर १९ कप खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पिप्ले फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै हिलेले उपाधि जितेको हो ।

Advertisement

उपाधिसँगै हिले फुटबल क्लबले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता पिप्ले फुटबल क्लबले नगद १५ हजारमा चित्त बुझाएको छ । विजेता टिम तथा खेलाडीहरूलाई वडाध्यक्ष खगेन्द्र राई, वडासचिव टंकबहादुर राई लगायतले पुरस्कार प्रदान गरेका छन् ।

पिप्ले फुटबल क्लबका कैलाश भुजेल फाइनल खेलको उत्कृष्ट खेलाडी बन्न सफल भए भने हिले फुटबल क्लबका नोबेलसन राई प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

साम्बुगाउँ क्रिएटिभ युवा क्लबको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा धनकुटाका २८ टिमबीच प्रतिष्पर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement