रबिन कटेल/संगालोखबर

धनकुटा । हाम्रो इटहरी भेट्रान क्लबले धनकुटाको राजारानीमा सञ्चालित अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपको उपाधि जितेको छ । राजारानी खेल मैदानमा भएको फाइनल खेलमा भारतको बेर्मियोक नाम्फिङ भेट्रान, सिक्किमलाई १-० गोलले पराजित गर्दै इटहरीले उपाधि जितेको हो ।

Advertisement

खेलको ११ औं मिनेटमा दीपेन राईले गरेको एकमात्र गोल नै इटहरीलाई जित दिलाउन पर्याप्त बन्यो । उपाधिसँगै इटहरीले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता सिक्किमले ५० हजारमा चित्त बुझाएको छ ।

सिक्किमका साहिक्षा अन्सारी फाइनल खेलको म्यान अफ दी म्याच घोषित भए । इटहरीका अंकुरकुमार खड्गी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्ने । विजेता टिम तथा खेलाडीहरूलाई चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, उपाध्यक्ष टंकमायाँ पाङ्मी लगायतले पुरस्कार प्रदान गरेका छन् ।

स्व.जान बहादुर तथा बुद्धिमाया लिम्बूको स्मृतिमा रारा भेट्रान राजारानीले पहिलो पटक राजारानीमा भेट्रान गोल्डकप आयोजना गरेको हो । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमबीच प्रतिष्पर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement