- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा शुक्रबारदेखि कराँते प्रतियोगिता सुरु भएको छ । विराटनगरस्थित कभर्ड हलमा खुला कराँते प्रतियोगिता सुरु भएको हो ।

Advertisement

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै वाग्लेले खेलकुद क्षेत्रको विकासमा सबै लाग्नुपर्नेमा जोड दिए । प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक प्रतिस्पर्धामा १९ तौल समूहमा खेलहरू भइरहेका छन् ।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल,  भारत र भुटानका करिब २ सय खेलाडी सहभागि छन् । प्रतियोगितामा भारतका तीन, भुटानको एक  र नेपालको पाँच गरी नौ टिमको सहभागिता रहेको विराट कराँते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी दिए ।

भारतको कलकत्ता, दार्जिलिङ र खर्साङको टिम सहभागि छ । कोशी प्रदेशबाट सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक भिड्दैछन् । यस्तै मधेश प्रदेशबाट सप्तरीको टिम सहभागि छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!