- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा सञ्चालित अध्यक्ष कप महिला/पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं.१ र वडा नं.५ ले जितेको छ । महिला भलिबल तर्फको उपाधि वडा नं.५ र पुरुष भलिबल तर्फको उपाधि वडा नं.१ ले जितेको हो ।

फाइनल खेलमा वडा नं.१ लाई पराजित गर्दै वडा नं.५ ले महिला भलिबलको उपाधि उचाल्यो । यता, पुरुष तर्फ वडा नं.३ लाई हराउँदै वडा नं.१ ले जित हासिल गरेको हो । उपाधि विजेता दुवै टिमले ४५ हजार र द्वितीय हुनेले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । पुरुषतर्फको प्रतियोगितामा वडा नं.२ र महिला तर्फको प्रतियोगितामा वडा नं.४ तृतीय बनेका छन् । दुवै टिमले नगद १५/१५ हजार प्राप्त गरेका छन् ।

गाउँपालिका अध्यक्ष मनोज राई, प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की, वडाध्यक्षहरु रमेश कुमार राई, सफल राई, आदेश राई, होमबहादुर राई, कार्यपालिका सदस्य सोम राना लगायतले विजयी टिम तथा खेलाडीहरूलाई पुरस्कार प्रदान गरेका छन् ।

‘सक्षम खेलाडी, प्रतिस्पर्धी खेलकुद’ नारासहित सहिदभूमि गाउँपालिकाले स्थानीय पञ्चकृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता आयोजना गरेको हो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको महिला र पुरुषतर्फका दुवै खेलमा पालिकाका प्रत्येक वडाका एक/एक टिम सहभागि भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!