मिल्स भेट्रान्स गोल्डकपः उद्घाटन खेलबाट आयोजकको बिजयी सुरुवात
विराटनगर । विराटनगरमा शनिवारदेखि १ नं. प्रदेश स्तरीय प्रथम मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । रानीस्थित मिल्स भेट्रान्स क्लबको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले प्रतियोगिता उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लब बिजयी भएको छ । दुलारी भेट्रान्स क्लब मोरङ...































