धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङले जित्यो सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवलको उपाधि
धनकुटा । घरेलु मैदानमा धनकुटा फुटवल संघलाई हराउँदै मोरङ फुटवल क्लवले सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटवलको उपाधि जितेको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा मंगलबार भएको फाइनलमा घरेलु टिम धनकुटालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधिमाथि कब्जा जमाएको हो । खेलको ४१ औं मिनेटमा मोरङकी ईमा राईले गरेको एक मात्र गोल नै उपाधिका लागि निर्णायक बन्दा घरेलु मैदानमा धनकुटा निरिह सावित भयो ...































