संगालोखबर सम्वाददाता

धनकुटा । उदयपुरमा हालै सम्पन्न कोशी प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा पदक विजेतालाई धनकुटामा सम्मान गरिएको छ ।

Advertisement

जिल्ला बक्सिङ संघ धनकुटाले पदक विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो । स्वर्ण पदक विजेता शर्मिला आले मगर, रजत पदक विजेता हाङसवा लिम्बू तथा कास्य पदक विजेता सञ्जय आले र नेगिन्द्र थापा मगरलाई सम्मान गरिएको जिल्ला बक्सिङ संघका सचिव कुमार बस्नेतले जानकारी दिए ।

बक्सिङका प्रशिक्षक किशोर लिम्बूलाई पनि सम्मान गरिएको छ । कोशी प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा धनकुटाको नाम राख्न सफल भएकाले खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको बक्सिङ संघका अध्यक्ष विदुर खवासले बताए ।

आगामी साउन दोस्रो सातादेखि धनकुटामा बक्सिङको नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी पनि भइरहेको बक्सिङ संघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!