संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको संयोजनमा धनकुटा-६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

टुँडिखेलमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख तामाङले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले सँधै सहयोग गर्ने धारणा राखे । उनले महालक्ष्मीको दमारमा हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागिताका लागि जाने खेलाडीहरूलाई गाडीको व्यवस्था मिलाइदिने प्रतिवद्धता पनि जनाएका छन् ।

सो अवसरमा बोल्दै जिल्ला खेलकुद विकास समिति अध्यक्ष मनोज राई, एनप्याब्सनका प्रदेश अध्यक्ष राजन पौडेल लगायतले प्रतियोगिता सफलताको शुभकामना दिए । प्रतियोगिता उद्घाटनका क्रममा टुँडिखेलमा विद्यार्थीहरूले मार्चपास गरेका थिए ।

 दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धनकुटा नगर क्षेत्रका १४ विद्यालयका विद्यार्थीहरू सहभागि रहेको आयोजक गोकुण्डेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईँले जानकारी दिए । प्रतियोगितामा दौड, मार्सलआर्ट, भलिबल लगायत १४ प्रकारका खेल हुनेछन् ।

महिला र पुरुष दुवैतर्फ हुने प्रतियोगिताका विजेताले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भाग लिन पाउनेछन् । यही माघ २६ र २७ गते महालक्ष्मी नगरपालिकाको दमारमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता प्रतियोगिता हुँदैछ ।

विद्यार्थीले गरेको मार्चपासको भिडियो हेर्नुहोस्… 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!