- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा विद्यालय स्तरीय शिक्षक फुटबल प्रतियोगिता हुने भएको छ । धनकुटा–७ स्थित नव जागृति युवा क्लबले यही जेठ २५ देखि २८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने भएको हो ।

Advertisement

सो क्लबले आज धनकुटामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विषयमा जानकारी दिएको हो ।

प्रतियोगितामा धनकुटा नगरपालिकाका ९ विद्यालय तथा पाख्रीवास नगरपालिका र छथर जोरपाटी गाउँपालिकाका एक/एक विद्यालयका गरी ११ टिम सहभागि हुने प्रचारप्रचार समिति संयोजक सफल राईले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!