सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मीले जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । महालक्ष्मी नगरपालिका-४ स्थित दमारमा भएको प्रतियोगितामा ३३ स्वर्ण, २१ रजत र २६ कास्य पदकसहित महालक्ष्मी नगरपालिकाले उपाधि जितेको हो ।

Advertisement

१३ स्वर्ण, १३ रजत र ७ कास्य पदकसहित धनकुटा नगरपालिकाले द्वितीय स्थान हासिल गरेको छ । त्यस्तै, ३ स्वर्ण, ६ रजत र ३ कास्य पदकसहित चौबिसे गाउँपालिका तृतीय बनेको छ । विजयी टिम तथा खेलाडी विद्यार्थीहरूलाई पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राय, उपप्रमुख मञ्जु अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राई लगायतले पुरस्कृत गरेका छन् ।

महालक्ष्मी नगरपालिकाको व्यवस्थापन र चानुवा माध्यमिक विद्यालयको संयोजनमा जिल्ला खेलकुद विकास समितिले दमारमा जिल्ला स्तरीय दुई दिने प्रतियोगिता गरेको हो । राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता पहिलो पटक जिल्ला सदरमुकाम बाहिर भएको हो ।

सात वटै पालिकामा भएका प्रतियोगिताबाट छनौट भएर ३५० भन्दा बढी खेलाडी जिल्ला स्तरीय प्रतियोगितामा सहभागि भएका थिए । जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएका खेलाडीहरूले अब प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!