साना दललाई पाखा लगाउन काँग्रेस-एमाले मिलेका हैनन् : महासचिव पोख्रेल
विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस एमाले मिलेर सरकार बनाउनुमा साना दललाई पाखा लगाउने नियत नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले साना दललाई पाखा लगाउने उद्देश्य नलिइएको स्पष्ट पारेका हुन् ।
तर, साना दलले म्याजिक नम्बर पायौँ भन्दै शासन गर्ने परम्परा अन्त्य गर्नुपर्ने उनले बताए । राजनीति मैदानमा होमिएका जुनसुकै दलले आफूलाई ब...































