
विराटनगर । सुनसरीको देवानगन्जमा गोली चलेको चर्चा भइरहेका बेला प्रहरीले यसलाई अफवाह भनेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सत्यतथ्य बुझेर मात्र प्रचार गर्न अपिल गरेको हो ।
प्रहरीका अनुसार शनिवार साँझ ५ः२५ बजे देवानगन्ज गाउँपालिका-१ मध्येहर्षाहीस्थित बीपी चोकमा दुई यादव समूहवीच झडप हुँदा चोट लागेर स्थानीय २४ बर्षीय निरज कुमार यादव घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको छ ।
घटनामा संलग्न लेवानगञ्ज २ का १८ बर्षीय विष्णुकुमार यादव र २६ वर्षीय लाली भनिने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता, उक्त घटनाका विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा गोली प्रहारबाट मानिसको मृत्यु र घाइते भएको भनी भ्रमपूर्ण समाचार आएको भन्दै प्रहरीले आपत्ति जनाएको छ । सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
‘सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा गोली प्रहारबाट मानिस मृत्यु र घाइते भएको भनी भ्रमपूर्ण समाचार सम्प्रेषण भएको पाइएको हुँदा यथार्थ बुझी समाचार सम्प्रेषण गरिदिनु हुन अनुरोध छ’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ प्रहरीले जारी गरेको विज्ञप्ति…


संगालोखबर 














