संगालोखबर


विराटनगर । उद्योग संगठन मोरङले आयोजना गरेको आठौं विराट एक्स्पो सुरु भएको छ । संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्‌घाटन गरेसँगै एक्स्पो औपचारिक रूपमा सुरु भएको हो ।

आजबाट सुरु भएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानसहित चार देशका दुई सय ६८ स्टल रहेका छन् ।

Advertisement

मेरो देश मेरै उत्पादन, विजनेश क्लिनिक, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, वैदेशिक लगानीको प्रक्रियालगायत उद्योग व्यवसायसँग सम्बन्धित सबै सूचनाहरू भएको एकीकृत सूचना प्रणालीसहितका विभिन्न स्टल रहेका विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!