संगालोखबर


विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि भित्र्याएको छ । अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक नोबेलले ल्याइएको हो । यस्तो किसिमको प्रविधि एसियाको छ ठाउँमा मात्रै उपलब्ध भएको बताइएको छ ।

उत्कृष्ट प्रविधि सहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्दै रेडिएसन थेरापीको उपकरण ‘एडीजीइ’ ल्याएर नोबेलले सेवा सुरु गरेको हो । तीन अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन र अत्याधुनिक प्रविधिसहित दक्ष जनशक्तिको व्यवस्था गरी सेवा सुरु गरिएको हो ।

Advertisement

दक्षिण एसियाका अस्पताल मध्ये भारतको मुम्बई स्थिति कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा एक, म्याक्स अस्पतालमा तीन र नयाँदिल्ली स्थित मेदान्तमा दुई वटा गरी ६ स्थानमा मात्र जडान गरिएको अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापी नेपालको हकमा नोबेलमा मात्रै जडान भएको जनाइएको छ । रेडिएसन थेरापी जडान भएसँगै अब क्यान्सर उपचारमा थप सहज हुने अस्पतालले विश्वास लिएको छ ।

यो उपकरणले के गर्छ ?
यस उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आइसी, एसआर एस, र एसबी आरटीले शल्यक्रियाबिना नै क्यान्सर सेललाई निर्मूल गर्न सक्छ । आइजी आरटी, आइएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ ।

ब्राकी थेरापीले विनादुखाइ उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्दछ । यसका साथै, ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेसिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ ।

नोबेलमा क्यान्सर उपचारका लागि सञ्चालित सेवा
नोबेलमा क्यान्सर रोगको उपचारका लागि दैनिक ओपीडी, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एम. आर. आई, अल्ट्रासाउण्ड, डे केयर, केमो थेरापी, शल्यक्रिया, भर्नागरी उपचार गराइने अन्तरङ्ग सेवा, रेडिएसन थेरापी लगायतका सेवा सञ्चालनमा छन् ।

नोबेल मेडिकल कलेजले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत क्यान्सर रोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ ।

यसले विशेषगरी पूर्वी नेपालका आर्थिक रूपमा कमजोर रोगीहरूलाई राहत दिएको छ । विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतको सेवा प्रदान गर्न नोबेलमा रहेको सामाजिक सेवा इकाईले सहजीकरण गर्ने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!