संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य कार्यालय मोरङको  आयोजना तथा नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण गरिएको हो । महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम तथा मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ ।

Advertisement

आजबाट शिविरको पहिलो दिन विराटेश्वरमा ४७ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य महाशाखाका तथ्याङ्क अधिकृत दीपक भट्टराईले जानकारी दिए ।

महानगरका अनुसार माघ १४ गते विराटनगर-३ स्थित मानव सेवा आश्रम, १५ गते ज्येष्ठ नागरिक समिति तथा योग ध्यान केन्द्र विराटनगर-११ मा शिविर सञ्चालन हुनेछ ।

यस्तै १८ गते विराटनगर-१३ स्थित पूर्वाञ्चल बालसेवा आश्रम, माघ २२ गते ज्येष्ठ नागरिक हातेमालो समाज विराटनगर-३ र २३ गते विराटनगर-१० स्थित मानव सेवा आश्रममा शिविर सञ्चालन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!