संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ काजीजान टोलमा एक पुरुषको शव फेला परेको छ । आज बिहान सुनवर्षी–६ का अन्दाजी ५५ वर्षीय कात्तिकलाल सुतिहारको शव नालीमा डुबेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीका अनुसार आज बिहान शव भेटिएको भनेर साढे आठ बजेतिर खबर आएको थियो ।

Advertisement

घटनास्थलमा साइकल पनि भेटिएकाले मंगलबार राति घर जाने क्रममा चिप्लिएर नालीमा झरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

‘उनी मंगलबारदेखि नै घरबाट निक्लिएका हरेछन्’, डीएसपी जोशीले संगालोखबरसँग भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’ शव पोष्टमार्टमका लागि रंगेली अस्पतालमा लगिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!