संगालोखबर


विराटनगर । मोरङको रङ्गेली नगरपालिकामा कृषि फार्मभित्र राखिएको स्काभेटरमा आगलागी भएको छ । रंगेली-२ जलिया टोलमा इष्टर्न स्टार कृषि फार्मभित्र राखिएको बा ३ क ३५९६ नम्बरको स्काभेटरमा आगलागी भएको हो ।

आज बिहान करिब ६ बजेको समयमा स्काभेटरमा आगलागी भएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिए । आगो लागेको विषयमा स्काभेटरका मालिक यशोदा राईले जानकारी गराएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

Advertisement

‘२०/२५ दिनदेखि स्काभेटर बिग्रिएर राखेको रहेछ’, खड्काले संगालोखबरसँग भने’, आगलागीबाट टायर, सिट लगायतमा क्षति पुगेको छ ।’ आगलागीको कारण खुल्न सकेको छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!