सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
विराटनगर । मोरङको बेलबारी नगरपालिका-८ चिसाङ पुल छेउमा कार र मोटरसाइकल जुध्दा प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल आइतबार साँझ करिब ७ बजे ठोक्किएका हुन् ।
सुनसरीको नडाहास्थित अस्थायी प्रहरी बिटमा कार्यरत संखुवासभाको सिलिचुङ–२ घर भएका प्रहरी जवान ३२ वर्षीय चित्रसागर रा...































