
विराटनगर । संविधान दिवसका अवसरमा आज विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको रक्तदान कार्यक्रममा २० पिन्ट रगत सङ्कलन भएको हो ।
रगतको अभावलाई मध्यनजर गर्दै मानवीय सेवाको उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले रक्तदान गरेका थिए ।

संगालोखबर 














