संगालोखबर
सांकेतिक तस्बीर

विराटनगर । विराटनगरबाट हराएका पाँच जना बालबालिकाको उद्धार गरिएको छ । शनिबार तीन जना बालक र दुई जना बालिकालाई बिहारबाट उद्धार गरेर विराटनगर ल्याइएको हो ।

सात देखि १७ वर्ष उमेर समूहका उनीहरूमध्ये दुई जना एक वर्ष अघि र तीन जना गत कात्तिकदेखि बेपत्ता भएका थिए । उनीहरूको घर विराटनगर १, ८, १४ र १९ नम्बर वडामा पर्छ ।

Advertisement

भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभ अवसर ग्रामको समन्वयमा उनीहरूलाई राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशले उद्धार गरेरको हो ।

केन्द्रका अनुसार उनीहरूलाई प्रक्रिया पुरा गरेर विराटनगर ल्याइएको हो । उनीहरूलाई आज परिवारको जिम्मा लगाउने तयारी गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!