विराटनगर । बाक्लो हुस्सु र शीतलहरले विराटनगरको जनजीवन प्रभावित भएको छ । आज बिहानै देखिको शीतलहरले जनजीवन प्रभावित भएको हो । विगत केही दिनदेखि हुस्सु र कुहिरो लागेपनि आजबाट शीतलहर सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले तराई मधेसका धेरै भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।