धनकुटामा मध्यराति जलाइयो मोटरसाइकल
धनकुटा । धनकुटामा गएराती मोटरसाइकलमा आगजनी गरिएको छ । धनकुटा-७ जिरोप्वाइन्टस्थित पार्किङ स्थलमा राखिएको को ९ प ७७०५ नम्बरको २२० सीसीको एभेन्जर मोटरसाइकलमा आगो लगाइएको हो ।
घर नजिक रहेको पार्किङ स्थलमा राखेका बेला राती केही युवाहरूले मोटरसाइकलमा आगो लगाएर भागेको मोटरसाइकल धनी समिर उराउले जानकारी दिए । ‘हामीले जिरोप्वाइन्टमा मोटरसाइकल पार्किङ गर्ने बेग्लै ठाउँ बनाएका छौं, बेलुका त्यही मोटरसाइकल र...

